होन्डुरसमा २० जनाको मृत्यु पछी कर्फुयु

0Shares

होन्डुरसमा जारी हिंसाका बीच एकै रातमा २० जनाको मृत्यु भएपछी देशमा कर्फुयु आदेश जारी गरिएको छ । होन्डुरसका विभिन्न शहरमा हतियारधारी समुहले सर्वसाधारणमाथि गोली प्रहार गर्दा २० जनाको मृत्यु भएपछी राष्ट्रपति शियोमार कास्त्रोले देशभर कफ्र्यु आदेश जारी गर्नुभएको हो ।

चोलोमा शहरमा रहेको एक बिलियड्र्स हलमा भएको गोलाबारीमा १३ जनाकोे मृत्यु भएको हो भने अन्य शहरमा ७ जनाको ज्यान गएको हो । आक्रमणमा संलग्नहरुको पहिचान गर्नेका लागि पुरस्कार पनि घोषणा गरिएको छ । राष्ट्रपति कास्त्रोले हिसां नियन्त्रणका लागि विभिन्न शंकास्पद क्षेत्रहरुमा छापा मार्ने लगाएत नाकाबन्दीका लागि पनि सम्बान्धित निकायलाई निर्देशन दिनुभएको छ । एजेन्सी ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *