नेपाली खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहिबार पोखरामा एक पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । मञ्चका अध्यक्ष दिल बहादुर गुरूङका अनुसार पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका ३ हजार १७५ धावकहरुको सहभागिता हुने भएको छ । जस अनुसार खुल्ला म्याराथन (४२.१९५ किमि) पुरुषतर्फ २१ देशका ८० विदेशीसहित १५० जना जसमा महिला ८ जनाको सहभागिता रहेको छ ।

त्यसै गरी हाफ म्याराथन (२१.०१९७ किमि) महिलातर्फ १० देशका सहित ४० जना, हाफ म्याराथन पुरुषतर्फ १० विदेशीसहित ११० जना, १० किमि पुरुषतर्फ ११ विभिन्न देशकासहित २ सय ११ जना, १० किमि महिलातर्फ ११ विदेशीसहित १०९ जना, ५ किमि भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमि छात्रतर्फ १ हजार ४७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जना दर्ता सहभागि रहनेछन् । रन फर फनमा करिव ७ हजार गरी १० हजार जनाको सहभागिता हुने भएको मञ्चले जनाएको छ ।

पोखरामा नियमित अन्तर्राष्टिय हवाई उडानको लागि दौडौँ भन्ने नारालाई अघि सार्दै हुने म्याराथनमा १४ विभिन्न क्याटोगरीमा गरी २१ लाख ३४ हजार नगद पुरस्कार प्रदान गरिने छ । जसमा म्याराथनको पहिलो पुरस्कार ५ लाख रहेको छ । १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि कुल खर्च १ करोड ८९ हजार खर्च हुने अध्यक्ष गुरूङले जानकारी दिए ।

पोखरा रंगशालाबाट सुरू हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन संघिय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । रंगशालाबाट सुरू भएको म्याराथन पोखरा नगरको विभिन्न भाग परिक्रमा गरी पोखरा ६ हल्लन चोकमा पुगेर सम्पन्न हुने पूर्व अध्यक्ष तेज बहादुर गुरूङले जानकारी दिए । नेपालकै जेठो म्याराथन पोखरा म्याराथन एम्समा दर्ता रहेको म्याराथन मध्ये एक म्याराथन पूर्ण रुपमा प्रविधि मैत्री रहेको छ । १९ औं पोखरा म्याराथनलाई यस वर्ष सातै प्रदेशमा आयोजना गरिने ७७७ म्याराथनको समेत सुरूवात हुने नेपाल रन यूके तथा धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाईगण्डकी प्रदेश सरकार र पोखरा महानगर पालिकाको संरक्षकत्व रहेको म्याराथनलाई पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधले वि.स.२०७२ देखि हालसम्म अनवरत रुपमा मूख्य प्रायोजन गर्दै आएको छ । त्यसै गरी गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी मुख्य सहयोगी संस्थाको रुपमा रहेका छन् ।
