अग्रज पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन

0Shares

पोखराका अग्रज पर्यटन व्यवसायी बसन्तराज दवाडीको निधन भएको छ । गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष रहनुभएका उहाँलाई आइतबार राती १ बनृ हृदयघात भई घाचोकस्थित आफ्नैं घरको बाथरुममा ढल्नुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ । उपचारका लागि अस्पताल लैजने क्रममा बाटैमा उहाँको निधन भएको जनाइएको छ ।

५७ वर्षिय दवाडी नेपाली पर्यटन तथा नेपाली सहाशिक खेलकुद विकासको अग्रणी व्यक्तित्वको रुपमा पहिचान बनाउनु भएको थियो । नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार वर्ष कार्यकाल पुरा गर्नु भएका उहाँ नेपाल हवाई खेलकुद संस्था (ना)का समेत संस्थापक रहनु भएको थियो ।

माछापुच्छ्रे गाउँपालिकालाई समेत प्याराग्लाइडिङ केन्द्रको रुपमा स्थापित गर्न एक वर्ष अघि उहाँकै सक्रियतामा सफल परिक्षण उडान समेत गरिएको थियो । उहाँ नेपालका लागि स्विजरल्याण्डको अवैतनिक राजदुतको रुपमा रहेर कार्य गर्नु भएको थियो ।
उहाँकै सक्रियता तथा अध्यक्षतामा गठित आमा प्रतिष्ठान नेपालले समेत स्थानिय महिलाहरुलाई स्वरोजगार र शिपमुलक तालिम समेत दिंदै आएको थियो भने गरिब तथा विपन्न वर्गका महिला छात्राहरुलाई निशुल्क शिक्षाको समेत व्यवस्था गरेको थियो । सोही प्रतिष्ठानको सक्रियता तथा माछापुच्छ्रे गाउँपालिकाको सहकार्यमा वृद्ध–वृद्धाहरुको लागि आमा भवन समेत निर्माण सम्पन्न भएको छ ।

विभिन्न सामाजिक संघ संस्थामा आवद्ध उहाँ नेपाल भूतपूर्व खेलाडी मञ्चको आजिवन सदस्य समेत रहनु भएको थियो । उहाँको निधनमा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले गहिरो दुःख व्यक्त गर्दै नेपाली पर्यटन तथा सहाशिक खेलकुद क्षेत्रले एक अग्रणी व्यक्तित्व गुमाएको बताउँदै भावपूर्ण श्रद्धान्जली व्यक्त गर्नु भएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *