अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकी प्रदेश गठन भएको छ । अमरजंग गुरुङ (जितु) को अध्यक्षतामा १९ सदस्य प्रदेश कमिटि गठन भएको हो । महासंघ गण्डकीको बरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ (उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन् ।
त्यसैगरी प्रवक्तामा कृष्णप्रसाद आचार्य, सदस्यहरुमा अस्मिता लामीछाने, भूपेन्द्र कुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, असुतोल प्रधान र सुरेन्द्र कुमार रहेका छन् । नवनिर्वाचित अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा युवा उद्यमशीलताको सञ्जाल विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवा उद्यमीहरूको पहुँच र अवसर सृजना गर्न प्राथमिकता दिने बताए ।
यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका विच कार्यक्रमको उद्घाटन गरेका थिए ।
