पोखरा महानगरपालिकाले आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरेको छ । पृथ्वी चोकदेखि सेती पुलसम्मका सडक छेउमा पार्किङ निषेध गरेको महानगरपालिकाले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार पार्किङ निषेध गरेको महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिनुभयो । बसपार्क भित्र भोलिदेखि दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे समेत गरी कम्तीमा एक सय ५० वटा गाडी पार्किङ गर्न सकिने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

