आहा ! रारा पोखरा गोल्डकपमा मनाङमस्र्याङ्दी क्वाटरफाइनलमा

0Shares

पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा मनाङमस्र्याङ्दी क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा विहीबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई एककाबिरुद्द दुई गोलको संघर्षपूर्ण जित निकाल्दै मनाङमस्र्याङ्दीले बिजयी यात्रा शुरु गरेको हो । पहिलो जित निकालेको मनाङमस्र्याङ्दी क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनाङले अब भारतको थन्डरबोल्ट नर्थ युनाईटेडसँग फागुन ४ गते सोमबार सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार फ्रेण्डस् क्लव र प्लानिङ ब्वाईज युनाईटेड आमनेसामने हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

एपीएफले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिन पुगेको छ । खेलको ११ औं मिनेटमै गोल गर्दै एपीएफले अग्रता लिएको थियो । एपीएफका लागि युवराज राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर सो अग्रता जोगाउन नसक्दा एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफसम्म अग्रता जोगाएको एपीएफ दोस्रो हाफमा भने सम्हालिन सकेन । खेलको ५७ औं मिनेटमा रोनिष धाके राजभाकले पहिलो गोल गर्दै मनाङमस्र्याङ्दीलाई बराबरीमा ल्याए । त्यसको २० मिनेटपछि खेलको ७७ औं मिनेटमा सुरेश कुमालले गोल थप्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुबैतर्फ थप गोल हुन नसकेपछि मनाङको जित सुनिश्चित भयो । विहीबारको खेलमा मनाङमस्र्याङ्दीका रोनिष धाके राजभाक प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार फ्रेण्डस् क्लव र प्लानिङ ब्वाईज युनाईटेड आमनेसामने हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *