पार्टी सचिवालयको वैठकमा सहभागी हुन काठमाडौंबाट सिराह जान जनकपुरको गईरहेका एमाले शीर्ष नेताहरु चढेको वुद्ध एअरको विमानमा प्राविधिक गडबडी आएको छ । प्राविधिक गडबडीका कारण विमान जनकपुरमा अवतरण नगरी काठमाडौं फर्किएको छ ।
विमानमा एमाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, शंकर पोखरेल, विष्णु रिमाल, रामबहादुर थापा, पृथ्वी सुब्बा गुरुङलगायत रहेका थिए । विमानमा एमाले नेताहरुसहित ६८ जना यात्रु रहेका थिए । अवतरण हुनुभन्दा केही मिनेट अघि मात्रै प्राविधिक खराबी आएको बताइएको छ ।
अन्य यात्रुहरुसहित एमाले नेताहरुलाई अर्को विमानमा जनकपुर पठाइएको र प्राविधिक गडबडी देखिएको विमानको चेकजाँच भईरहेको वुद्ध एअरले जनाएको छ । जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि विमान परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । तर वास्तवमा समस्या के थियो, त्यो भने अहिले सम्म पनि खुलाइएको छैन ।
एमाले शिर्षनेताहरु चढेको बुद्ध एयरमा प्राविधिक समस्या
