एसिसी इमर्जिङ कप खेल्न नेपाली टोली श्रीलंकातर्फ

0Shares

असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई सोमबार विहान विदाइ गरेको छ । प्रतियोगितामा नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रकाशन गरेको खेल तालिकाअनुसार नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ । यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ । दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ ।
अघिल्ला संस्करणमा एसिसीले टेस्ट राष्ट्रका यू–२३ टिमलाई सहभागी गराउने गरेको थियो । यसपटक भने टेस्ट राष्ट्रसहितका टिमले युवा खेलाडी समेट्दै ’ए’ टिम बनाएका छन् । त्यसैले प्रतियोगिताका कुनै पनि खेललाई एकदिवसीय खेलको मान्यता हुनेछैन ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *