एसीसी यु-१९ प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जित

0Shares

मलेसियामा जारी एसीसी यु-१९ प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दे नेपालले दोस्रो जित निकालेको हो । बहराइनले दिएको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा भेट्टाएको थियो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अलआउट हुँदै ७७ रन बनाएको थियो । बहराइनलाई सस्तैमा समेट्न नेपालका दिपेश कँडेलले ६ तथा दुर्गेश गुप्ताले चार विकेट लिएका थिए ।नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *