कलाकार सारुक ताम्राकार मृत भेटिए

0Shares

कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो । ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले फिल्म ‘रानी’ ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘नमरी बाँचे’ मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कनमा व्यस्त थिए । उनी कलाकार सानु ताम्राकारका छोरा हुन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *