कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित तरिकाले राती ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्र्दै यस्तो निणर्य गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।
सूचनमा, ‘कास्कीभर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरि रातीको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध छ ।’ भनिएको छ । साथै प्रहरीले शुभ दिपावली, तिहार एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसवाजी, लगायत विष्फोटक पदार्थजन्य सामाग्रीको ओसारपसार, वेचविखन तथा नगर्न नगराउनुहुन अनुरोध गरेको छ ।