किन हराउँदै छ दसैँमा चङ्गा उडाउने संस्कृति !

0Shares

कुनैबेला चङ्गा उडेपछि दसैं आएको भान हुने गर्दथ्यो । तर हिंजो आज चङ्गा उडाउने संस्कृती कम हुँदै गएको छ । दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।

खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । नयाँ पुस्तामाझ दसैँमा चङ्गा उडाउने संस्कृतिबारे जानकारी नै छैन । पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना-साना बालबालिकालाई दसैँका बेला चङ्गा बनाएर देखाउन थालिएको छ ।

खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो । मनोरञ्जन मात्रै नभई परिवारमा खुसुी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउछन् । हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन । बालबालिका, युवा मोवाइलमै गेम खेल्ने,भुल्ने भएकाले पनि यो संस्कृतीमा कमि आएको हुन सक्ने पोखरा ७ मासवारकी अनुषा बोगटीको भनाई छ । त्यस्तै गोरखाकी कृतिका केसी पनि अनुषाकै भनाईमा सहमती जनाउदै भन्छिन-‘सबैजना मोवाइलमै व्यस्त छन् कतिबेला उडाउने चङ्गा ?’

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *