कुटाकुटपछि रोकिएको एमाले धादिङ जिल्ला अधिवेशन फागुन १ मा

0Shares

नेकपा एमाले धादिङको रोकिएको जिल्ला अधिवेशन फागुन १ गते हुने भएको छ । नयाँ कमिटीमा नेतृत्वको दुई धारबीच कुरा नमिल्दा कुटाकुट भएपछि रोकिएको नवौं जिल्ला अधिवेशन टुंग्याउन लागिएको हो । अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले विज्ञप्ति जारी गर्दै माघ २१ गतेदेखि शुरू भएको बन्दसत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुचारु गर्नेबारे माघ २३ गते प्राप्त पार्टीको पत्रका आधारमा फागुन १ गते ११ बजेबाट बन्दसत्र पुनः सुचारु हुने जानकारी गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागले आवश्यक सबै काममा निर्देशन एवं सहजीकरण गर्ने कुरासमेत जानकारी गराउँदछु ।’अधिवेशनमा दुई पक्षीय नेताहरुबीच कुटाकुट भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई बोलाएर छलफल गरेर निकास निकाल्न निर्देशन दिएका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *