कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा

0Shares

कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा हुने भएको छ । ‘बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’भन्ने नाराका साथ यहि चैत ११ गते आईतबार पोखरा–६ लेकसाईडस्थित हौटल पौवामा परिषद हुन लागेको हो ।

परिषदको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए । परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने उनले बताए । परिषदले नया नेतृत्व चयन गर्ने बताइएको छ । उनका अनुसार नेतृत्व सर्वसम्मतिबाट चयन हुनेछ ।

परिषदका लागि विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरु चैत १० गते शनिबार साँझ सम्ममा आईपुग्ने कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । परिषदमा भाग लिन आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई पोखराको लेकसाईडस्थित विभिन्न होटलहरुमा आवासको व्यवस्था मिलाइएको उनले बताए । ‘उहाँहरुलाई हामीले पाहुनाका रुपमा विभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाएका छौं’–उनले भने ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *