केरुङबाट स्याउ लिएर आएको कन्टेनरबाट ७ किलो सुन बरामद

0Shares

रसुवामा  ७ किलो सुन बरामद भएको छ । रसुवा  भन्सार नाकाबाट ७ किलो सुन बरामद भएको हो। केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा सो परिमाणको सुन बरामद भएको हो । रसुवा प्रहरीका अनुसार   बरामद सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको छ ।

चीनको केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको जनाइएको छ  । गाडी चालकको सिटनजिकै फल्स बटम बनाएर सुन ल्याइएको बताइएको छ  । प्रहरीका अनुसार बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो  प्रहरीले उक्त सुन बरामद गरेको हो। सो पहेलो धातु परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *