कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै

0Shares

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ ।  जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सहयोग गर्नेले आर्थिक, आर्थिक नसक्नेले महायज्ञ परिसरमा चाहिने दैनिक सामाग्री पनि सहयोग गर्ने सक्ने व्यवस्था कोटिहोममा मिलाईएको छ ।

बिहीबार पनि कोटिहोममा दान गर्ने भक्तजनको सङ्ख्या उल्लेख्य रहेको थियो । कोटिहोममा देशभरका जिल्लाबाट विभिन्न सङ्घ संस्था,  आमा समूह व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ । यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकार पूर्व मन्त्री पञ्चराम गुरुङले ५१ हजार, पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, पोखरा– १५ प्रतिभाटोलकी राधिका खत्रीले २५ हजार २५ दान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री पञ्चराम गुरुङले पोखरा जारी कोटिहोम तपो भूमि र देवभूमिको रूपमा रहेको बताएका छन् । महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले हरेक तनावका बीचमा पनि ऐतिहासिक कोटिहोम गरेर सफलता हात पारेको उनको भनाई थियो ।

‘आफ्नो जीवन बुद्धिमानपूर्वक जिउछ उ व्यक्ति मृत्यु सँग कहिल्यै पनि डराउँदैन । यस्तो व्यक्ति हो वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति महाराज’ उनले भने, ‘विभिन्न आरोप प्रति आरोप कष्ट पार गर्दै विशाल महायज्ञ गर्न सफल हुनु भयो यहाँ प्रति हामी आभारी छौ ।’उनले शास्त्र हराए संस्कार हराउने, संस्कार हराए परम्परा हराउने र परम्परा हराए हामी नै हराउने स्थिति सृजना हुने बताउँदै तपाई हामी मिलेर नै यो देशलाई हिन्दु राष्ट्र बनाउनु पर्ने तर्क गरे । उनले महायज्ञमा ५१ हजार रुपैयाँ सहयोग गरे ।

कोटिहोममा बिहीवार नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शारदा पौडेल प्रदेश सभाका सदस्य सुनिता थापा विशेष आकर्षणको रूपमा हास्य कलाकार जोगिन्दर पानवाला शिव शङ्कर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका, एनआरएन उत्तर–दक्षिण अमेरिका क्षेत्रका उपसंयोजक विश्व बास्तोला लागयतको उपस्थिति रहेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *