क्रेनबोन ज्ञानज्योती पाठशालाको सहयोगार्थ अष्ट्रेलियामा तीज विशेष कार्यक्रम हुने

0Shares

विदेशमा रहेपनि नेपाली भाषा, कला,साँस्कृतीको जर्गेडा गरिनुपर्छ भन्ने मान्यताका साथ अष्टे«लियास्थित क्रेनबोन ज्ञानज्योती पाठशालाको सहयोगार्थ तीजका अवसरमा साँस्कृतीक कार्यक्रम आयोजना गर्ने भएको छ । सेप्टेम्बर ११ का दिन एम्बर्ली रिसेप्सन साउथ जिप्स्ल्याण्ड हाइवे, क्रेनबोन इन्द्रेणि तीज धमाका–२०८० कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम आयोजक समितिका सचिव सुरज पराजुलीले बताए ।

उनका अनुसार कार्यक्रममा नेपाली चर्चित कलाकारहरु खेम सेञ्चुरी, शान्ति श्री परियार, सुनिता बुढा क्षेत्री, सरिता धनकुटी लगायतको प्रस्तुती रहने छ । कार्यक्रमलाई इन्द्रेणी ग्रोसरीले मुख्य प्रायोजन गरेको छ ।

आइ सी एस इन्टरनेशनल, कफि बिन क्याफे, सिराज इण्डियन रेष्टुरेण्ट, कस्तुरी इण्डियन कुजिन, साबान्स प्याकेनम इण्डियन कुजिन, आइ वेभ डिजिटल, सोलर रन ह्वीटल सी, ए टु जेड अटो रिपेयर, सिम्प्ली वेल्थ ग्रुप, भिडिए फाइनान्स, नेप्स टेडिङ, शुभ–सन्ध्या, इण्डियन नेपलीज रेष्टुरेष्ट लगायतले पनि कार्यक्रमको सहयोगी रहेका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *