गण्डकी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीको अवसरमा शुक्रबार सार्वजनीक बिदा दिएको हो । गण्डकी प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरि भानु जयन्ती मनाइने जनाइएको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णय अनुसार असार २९ गते शुक्रबार बिदाको निर्णय गरेको थियो । सघं सरकारले दिएको बाहेक प्रदेशलाई वर्षमा ६ विदन बिदा दिने अधिकार अन्तरगत रहेर बिदा दिएको हो ।
