चट्याङ लागेर भारतमा २४ जनाको मृत्यु

0Shares

भारतको गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ । गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारी वर्षाले दर्जनौं घरहरुमा क्षति पुर्‍याउनुका साथै पशु चौपाया पनि मरेका छन् । गुजरातमा जाडो मौसम शुरु भएपछि भारी वर्षा र आँधीबेहरी सामान्य भए पनि यो वर्ष भने ठुलो मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

जलवायु परिवर्तनका कारण उच्च तापमानले विश्वव्यापी असर पुर्‍याएको भन्दै वैज्ञानिकहरुले यसको प्रभाव विश्वव्यापी पर्न सक्ने चेतावनी दिएका छन् । गुजरातमा गत आइतबारबाट शुरु भएको भारी वर्षा र असिना पानी अझै केही दिन जारी रहने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन् । यहाँ पछिल्लो २४ घण्टामा १ सय ४४ मिलिमिटर वर्षा भएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *