सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा नयाँ भाइरसको संक्रमण देखियो । बिस्तारै उक्त कोरोनाभाइरस चीन हुँदै विश्वभर फैलियो । कोरोना भाइरसको महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन सकेको छैन । यस्तोमा चीनमा फेरि अर्को महामारी फैलिएको संकेत आइरहेको छ ।
चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । यो महामारी निमोनियासँग मिल्दोजुल्दो भएको बताइएको छ । उच्च ज्वरो, खोकी, रुघा र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ । रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ ।
रहस्यमयी रोगबारे खबरहरू आउन थालेपछि डब्लयूएचओले चीन सरकारसँग विस्तृत जानकारी मागेको छ । रोगको अवस्थाबारे कडा निगरानी राख्न पनि चिनियाँ अधिकारीहरूलाई भनिएको छ । डब्यूएचओका अनुसार प्रोमेडले नोभेम्बर २१ मा उत्तरी चीनमा फैलिरहेको यो रोगबारे सूचना दिएको थियो ।
