जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि

0Shares

जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि सञ्चालन हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने भएको हो । जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा रेल सञ्चालन हुने जनाइएको छ । अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा मात्रै रेलले सेवा संचालन हुदै आएको छ ।

नेपाल रेल्वे कम्पनीका अनुसार कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा पनि हेरफेर गरिएको छ । महोत्तरीको विजलपुराबाट बिहान साढे ७ बजे रेल जयनगरका लागि छुट्ने छ । जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल प्रस्थान गर्नेछ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *