जोण्टाको तोफु अभिमुखिकरण कार्यक्रम सम्पन्न

0Shares

जोण्टा क्लव अफ पोखराले महिलाहरुलाई तोफु बनाउने तालिम प्रदान गरेको छ । सृजना महिला बचत तथा ऋण सहकारी संस्थासंगको सहकार्यक्रमा सम्पन्न तोफु बनाउने अभिमुखिकरण कार्यक्रममा ६५ जनालाई प्रशिक्षण दिइयो । खाद्य प्राविधिक सदिक्षा पौडेलले तालिममा प्रशिक्षण प्रदान गरेकी थिइन् ।

न्यून आय भएका महिलाहरुलाई तालिम प्रदान गरि उनीहरुको आयआर्जन बढाउने उद्येश्यकका साथ यो कार्यक्रम आयोजना गरिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले बताइन् । यस मार्फत महिलाहरुलाई पनि उद्यमी बनाउन सकिने उनको भनाई छ । श्रृजना कार्की भट्टराईको संयोजकत्वमा भएको कार्यक्रमको समापन समारोह क्लवका सचिव नेलिसा ठकुरी केसीले सञ्चालन गरेकी थिइन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *