तनहुँको मौरीबजारमा बस दुर्घटना हुदा ३२ जना घाइते

0Shares

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *