तेस्रो ब्रेकिङ बाउन्ड्रीज क्रिकेट प्रतियोगिताको उपाधी छात्रतर्फ कालिका र छात्रातर्फ अम्मरसिंहलाई

0Shares

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा सम्पन्न कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका र छात्रातर्फ अम्मरसिंह मावि विजयी भएका छन् । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ कालिकाले नवप्रभात माविलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भयो । टस जितेर ब्याटिङ गरेको नवप्रभातले ११.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाएको थियो । नव प्रभातका अनिश पटेलले १३ रन जोडे । कालिकाका बलरहरू टङ्क आचार्य र मनोज नेपालीले दुई दुई विकेट लिए। जितका लागि ५३ रनको लक्ष्य पछाएको कालिकाले ७.६ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्यो । कालिकाका लागि टङ्क आचार्यले अभिजित १२ तथा समिर अधिकारीले १२ रन बनाए । नव प्रभातका अनिश पटेल र समीर भुजेलले दुई दुई विकेट लिए ।

छात्रतर्फ अमरसिंहले सिद्ध माविलाई १५ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिला ब्याटिङ गरेको अमरसिंहले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । अमरसिंहका सुबिना गुरुङले १६ तथा चन्द्रमाया बरालले १० रन जोडिन् । प्रतिउत्तरमा सिद्धको पारी ९० रनमै समेटियो । सिद्धको तर्फबाट रचना चौधरीले १८ रन बनाएकी थिइन् ।
प्रतियोगितामा छात्रतर्फ कालिकाका समिर अधिकारी सर्वोत्कृष्ट खेलाडी, नवप्रभातका अनिश पटेल उत्कृष्ट बलर तथा सिद्धका निशान नेपाली उत्कृष्ट ब्याट्सम्यान बने । छात्रातर्फ अमरसिंहकी चन्द्रमाया बराल सर्वोत्कृष्ट खेलाडी, सिद्धकी रचना चौधरी उत्कृष्ट बलर तथा सिद्धकै रोजी परियार उत्कृष्ट ब्याटर भइन् ।

प्रतियोगिताका विजयी खेलाडी तथा टिमहरूलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाली सेना विजयपुर ब्यारेकका प्रमुख सेनानी निरुत्तम पौडेल, पोखरा महानगर खेलकुद समितिका अध्यक्ष दीपकबहादुर गोदार, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष संजय सिग्देल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कास्कीका अध्यक्ष राजन पौडेल, सहयोगी संस्था किडासा फाउन्डेसनका कार्यक्रम विश्लेषक कृपासु निरौला लगायतले शिल्ड मेडल प्रमाणपत्र पुस्कार वितरण गरे । आयोजक समितिका अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा समारोह सम्पन्न भएको हो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *