दशैंकाे लागि अनलाइनबाट खसीबोकाे बुकिङ शुरु

0Shares

दशैंका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो ।  दशैंलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको कम्पनीले जनाएको हो ।  

अनलाइनमा गएर खसीबोका वा च्यांग्रा के बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने बताइएको छ । बुकिङ गरेपछि एउटा कोड नम्बर आउने  त्यही नम्बर लिएर आएर हिसाब मिलान गरेर बुकिङ गरेको खसीबोका वा च्यांग्रा लैजान सकिने बताइएको छ । च्यांग्राको भने पाँच हजार तिर्नुपर्नेछ । खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ ।  अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा ल्याउने बताइएको छ । अहिले नै मूल्य भने तय नहुने कम्पनीको भनाइ छ । 

एकजनाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सकिनेछ । आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने अनलाइनमै उल्लेख गर्नुपर्ने पनि कम्पनीले जनाएको छ । 

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *