दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साटिने

0Shares

दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्न पाइनेछ ।नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघरसंस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

यस वर्ष विजयादशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाती १३ गते छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *