नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा आज यूएईसँग खेल्दै

0Shares

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा आज यूएईसँग खेल्दैछ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएर अपराजित रहेको थियो ।

नेपालले कुवेत र जापानलाई हराएर अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको हो । नेपाल र यूएई हालसम्म टी–२०आई मा १० पटक आमनेसामने भएका छन् जहाँ दुवैले ५–५ खेल जितेका छन् । पछिल्लोपटक एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो । त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *