‘विली जेन किङ कप’ डेभिस कप टेनिसमा सहभागिता जनाउन नेपाली खेलाडीहरु बहराइनतर्फ प्रस्थान गरेका छन् । पोखराका दुई राष्ट्रिय खेलाडी अभिषेक बाँस्तोला, प्रदिप खड्का, काठमाण्डौका अक्कि जुवेन रावत, बुटवलका रितिक राना र टिम म्यानेजर नविन चालिसे सहितको ५ सदस्यि टोली अबराइन गएका हुन् । प्रदिप र अभिषेक हालै चिनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा सहभागि थिए । यसअघि अभिषेकले भारतको अहमदावादमा आइटीएफ प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा टेनिस र्याकिङ मुलुकका खेलाडीहरुको सहभागिता रहने भएकोले पनि ‘डेभिस कप’ लाई वर्ल्ड कपको रुपमा हेरिन्छ । नेपाली टेनिस खेलको इतिहासमा नै नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । उक्त प्रतियोगितामा नेपालसहित १४ देशका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ ।
