पाँच करोडमामा यस्तो बन्दै छ पोखरा भवन, मेयर आचार्यले गरे शिलान्यास

0Shares

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक (साबिक गोलघर) मा बन्ने उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पर्यटन सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर समेत रहने गरी निर्माण गर्न लागिएको पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने छ । भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने प्रमुख आचार्यले बताए ।

०८२ को घटस्थापनाका दिन उद्घाटनको मिति समेत घोषणा गर्दै प्रमुख आचार्यले तोकिएको समय सीमा भित्रै गुणस्तरीय निर्माणमा जोड दिए । पाँच करोड एक लाख ४६ हजार ५ सय ५१ रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनको अन्डर ग्राउन्ड पार्किङ समेत हुनेछ । १ हजार २ सय ६९ दशमलव ८९ वर्ग मिटरको फ्लोर एरिया हुने भवन सुविधा सम्पन्न हुनेछ । कोजु इन्जिनियरिङले निर्माणको जिम्मा पाएको भवनमा अन्डर ग्राउन्ड पार्किङ, भुईँतलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय सहित सभाहल, तेस्रो तलामा आर्ट ग्यालरी र सभा हल तथा सबैभन्दा माथि घण्टाघर रहने छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *