पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

0Shares

नेपाल आयाल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ ।

घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको छ । । मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर रु. १६५ कायम भएको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पर्ने भएको छ । निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *