पोखराको प्रवद्र्धनका लागि पोखरेली पर्यटन व्यवसायी पूर्व प्रस्थान

0Shares

मंसिर २७,पोखरा
पर्यटकिय राजधानी शहर पोखरा र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार गर्ने उद्येश्यका साथ पोखरेली पर्यटन व्यवसायीहरुको एक टोली पूर्वी नेपालतर्फ प्रस्थान गरेको छ । टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र रेबान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले शुभकामना सहित बिदाई गर्नुभयो । २० सदस्यि उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पुर्व अध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुन, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब बराल रहेका छन् ।
त्यसैगरि टोलीमा पत्रकार बिनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष बीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा नगरपालिकाबाट छवि शर्मा, नवराज अधिकारी, किरण रेग्मी, होटल चितवन होटल संघका ओम पाण्डे, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेस वास्तोला रहेका छन् ।
टोलीले पुर्वका विभिन्न जिल्लाहरुमा पत्रकार सम्मेलन, पर्यटन व्यवसायी एवं सरोकार पक्षसंग भेटघाट तथा अन्र्तक्रिया गर्दै नेपालकै पृथक पोखरा सडक महोत्सवको अवलोकनका लागि पोखरा आउन पूर्वेलीलाई निम्तो दिनेछ । पूर्वी शहरहरु इटहरी, विराटनगर, जनकपुर र चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरिने गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *