पोखराको मदरल्याण्डबाट २ र फिष्टेलबाट १ विद्यार्थीलाई ४ जिपिए

0Shares

माध्यमिक शिक्षा परीक्षा (एसइई) को बिहीबार सार्वजनिक नतिजामा पोखरा ७ को मदरल्याण्ड माध्यमिक विद्यालयका २ तथा फिष्टेल एकेडेमीबाट एक विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । मदरल्याण्डका जोन रानामगर र सुदेश आचार्यले तथा फिष्टेलका प्रनिसा तुलाचनले ४ जिपिए ल्याएका हन् ।

मदरल्याण्डमा सानैदेखि पढ्दै आएका जोन र सुदेश पढाइमा निकै मेहनती र अनुशासित रहेको प्राचार्य बरालले बताए । जोन पोखरा ३ नदीपुरका हुन् भने सुदेश पोखरा १७ बिरौटाका हुन् । विद्यालयबाट ३.६ देखि ४ जिपिए ल्याउने ७२ जना, ३.२ देखि ३.६ जिपिए ४६ जना, २.८ देखि ३.२ जिपिए ३१ जना तथा २.४ देखि २.८ जिपिए ल्याउने २ जना विद्यार्थी रहेका छन् । २०७५ सालको एसइईमा पनि मदरल्याण्डकै ७ जना विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका थिए ।

त्यस्तै, पोखरा १७ विरौटा स्थित फिष्टेल एकेडेमीमा अध्ययनरत प्रनिसा तुलाचनले पनि ४ जिपिए ल्याएकी हुन् । प्रनिसा तुलाचन मुस्ताङ थासाङ गाउँपालिका कोवाङकी बासिन्दा हुन् । मोर्डन एजुकेशनको थिममा रहेर प्रोग्रसिभ एजुकेशन प्रदान गरिरहेको विद्यालयमा हाल ५ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए । विकसित देशहरुको शिक्षा मोडेललाई नेपालमा पनि लागु गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको उद्देश्य भएको रानाभाटको भनाई छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *