पोखरामा मध्यरातमा कारको ठक्करबाट २ जनाको मृत्यु, चालक फरार

0Shares

पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा गएराति बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट २ जनालाई ठक्कर दिदा मृत्यु भएको हो । मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् ।
दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *