पोखरामा विभिन्न कार्यक्रम सहित ४५ औं पर्यटन दिवस मनाइने

0Shares

पर्यटनलाई आकर्षित पार्ने विभिन्न कार्यक्रम गर्दै पोखरामा ४५ औं पर्यटन दिवस भव्य रुपमा मनाइने भएको छ । टुरिजम एण्ड पिस (पर्यटन र शान्ति) नाराका साथ पोखरामा पोखरा पर्यटन परिषद्को आयोजनामा विभिन्न कार्यक्रम आयोजना हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिकाले सहकार्य गर्ने छन् भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धक छ ।

परिषद् आयोजनामा ९–१२ असोजसम्म विभिन्न कार्यक्रम हुने परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । असोज ९ देखि हुने त्रि–दिवसिय कार्यक्रममा नीति संवाद, घरबास कार्यक्रम, पदयात्रा, ¥याली, रक्तदान, टक सो, पर्यटकलाई सम्मान, पर्वतीय दौड प्रतियोगिता गर्ने पहारीले बताए । दिवसको मुख्य दिन ११ असोजमा रेबान पोखरा आयोजनामा ‘मिनी सडक महोत्सव’ आयोजना गरिने परिषद् अध्यक्ष पहारीले जानकारी दिए । बेलुका साढे ४ बजेबाट अम्बोटदेखि वाराही चोकसम्म महोत्सव हुनेछ । ‘सडकमै खाऔं, सडकमै रमाऔ ं’ भन्ने उद्देश्यसाथ आयोजित महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्राउन सहयोग पुग्ने आयोजकले लक्ष्य लिएको छ ।

१० असोजमा टान गण्डकी आयोजनामा पोखरा–मोरिया– लप्सीबोट–भुकदेउराली सम्मको पदयात्रा हुनेछ । पोखरा १९ स्थित रिन्ने नासा होमस्टेमा घरबास कार्यक्रम पनि हुनेछ । सोही दिन बिहान उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित पर्यटकीय संघसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटक बसपार्कमा पहिला आउने पर्यटकलाई खादा, बाजासहित सम्मान गरिनेछ । नाट्टा गण्डकी आयोजनामा पोखरा–६ स्थित नारेश्वर चोकमा रक्तदान कार्यक्रम हुने छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *