पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट इभी नामी

0Shares

नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामी इभी सार्वजनिक गर्नु भएको हो ।

सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले पोखराको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी इभी नाडा अटो सोमा ७१७ युनिट बुकिंग भएको थियो ।

कार्यक्रममा नामी पोखराका संस्थापक अम्बिकाले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताउनु भयो । उहाँले विक्री मात्र होइन विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताउनु भयो । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उहाँले भन्नुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीशडा. आनन्द मोहन भट्टराई विश्वसनीय ब्रान्ड भित्र्याउनु भएकोमा बधाई र शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले इभी कम्पनीहरु एफ्टर सेल्स सर्भिस र चार्जिंग स्टेसनलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो । साथै उहाँले पोखराको लेकसाइड क्षेत्रमा फोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर इभीबारे देशभर सन्देश फैलाउन सकिने बताउनु भयो । ‘देशलाई सबैभन्दा ठूलो घाटा पेट्रोलबाट भइरहेको छ । देशमा उपलब्ध जलस्रोतको उपयोग गरेरलाई यसलाई पूर्ती गर्न सकिन्छ,’ उहाँले भन्नु भयो ।

त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताउनु भयो । नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *