पोखरामा स्कुल जान हिँडेका तीन बालिका बेपत्ता

0Shares

पोखरामा गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका तीन बालिका बेपत्ता भएका छन् । पोखरा महानगरपालिका—२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परिवार सम्पर्क विहिन भएका हुन् ।
हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय भने पुगेका थिएनन् ।

हराएका मध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

परिवारका अनुसार बालिकाहरुले विद्यालयको पोसाक सेतो सट र निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *