पोखरा कलेज अफ म्यानेजमेन्टको ग्राजुएसन कार्यक्रम सम्पन्न,प्रविनालाई लक्ष्मि विद्या पदक

0Shares

पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टको ग्राजुएसन कार्यक्रम सम्पन्न भएको छ। बिबिए २०१९ का ६१ जना र विशेष आइटी तर्फका १० जना गरी कुल ७१ विद्यार्थी दीक्षित भएका हुन् । प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डक्टर दयाराज ढकालले उनीहरूलाई दीक्षित गर्दै प्राप्त ज्ञान समाज रूपान्तरणमा लगाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

Oplus_131072

‘शैक्षिक परीक्षा पास गर्नुभएको छ, अब जीवनको असली परीक्षा सुरु भएको छ। जीवनमा सफलता पाउन अब सोच बदल्नुहोस्’- उहाँले भन्नुभयो ।

विशेष अतिथि पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डाक्टर तुलसीराम भण्डारी, कलेजका सञ्चालक समितिका सदस्यहरू कोमल प्रसाद तिमल्सिना, सुरेश प्रकाश चटौत, प्राञ्जल कायस्थ लगायतले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको समारोहमा लक्ष्मी हाउस पोखराद्वारा लक्ष्मी विद्या पदक २०८१ बाट ३.९४ सिजिपिए प्राप्त प्रविना सुवेदी सम्मानित गरियो । त्यसैगरी डिन लिस्टमा परेका विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो भने बिसिआइएस २०१९ ब्याजका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। दीक्षित विद्यार्थीहरूमध्येबाट अन्जिला सुवेदीले धन्यवाद ज्ञापन गरेकी थिइन्।

बिसिएसआइटी कार्यक्रमका संयोजक हरिप्रसाद बरालले विद्यार्थीहरूद्वारा अभिभावक गुरु तथा सञ्चालक प्रति कृतज्ञता ज्ञापन गराउनुभयो। कलेजका अध्यक्ष बिनोद कायस्थले दीक्षित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो । साथै उहाँले कलेजले अहिलेसम्म प्राप्त गरेको प्रतिष्ठामा अझै सुधार गर्दै आगामी दिनमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *