पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा, सामाजिक कार्यसंगै कर्मचारी सम्मान

0Shares

पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत ४० झण्डै कर्मचारीहरु सरसफाईका सामग्री सहित सडकमा उत्रिए । उनीहरुले पार्क, मन्दिर लगायत वरपर झाडि फडान, टेंकरको पानीले नाला सफाई लगायत गरे । नवौं वर्ष प्रवेशका अवसरमा होटलले सञ्चालक तथा कर्मचारीहरुविच शुभकामना साटासाट गरे । उत्कृष्ट कार्य गर्ने कर्मचारी सम्मान पनि गरियो ।

कार्यक्रममा बोल्दै होटलका अध्यक्ष सन्तोष पोखरेलले बाटिका होटलले आठौं वर्ष पुरा गर्दा सम्मका आरोह अवरोह स्मरण गर्नुभयो । यो अवधिमा धेरै खाले चुनौंती व्यहोर्नुपरेको बताउँदै अब भने होटल बाटिका पोखराको प्रतिष्ठित होटल मध्ये एक बनिसकेको जनाउनुभयो । त्यस्तै होटलका सञ्चालक प्रेम कृष्ण श्रेष्ठ र बिमल कुमार नहर्कीले होटलले पाएको सफलताको पछाडी कर्मचारीहरुको लगन, मेहनत, धैर्यता सबै रहेको औल्याउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल लाम्पाटनका प्रमुख एसपी अरुण कुमार शर्मा, विशेष अतिथि पत्रकार विनोद लामिछाने लगायतले नवौं वर्ष प्रवेशका अवसरमा होटललाई बधाई ज्ञापन गर्दै आगामी यात्राको सफलताका लागि शुभेच्छा प्रकट गर्नुभयो ।

कर्मचारीको तर्फबाट बोल्दै होटलका मेनेजर दीपेन्द्र पोखरेलले होटलको सफलतामा ‘टिम वर्क’ महात्वपूर्ण पक्ष रहेको बताउँदै साथीभाईविचको घनिष्ठता र सम्बन्ध आगामी दिनमा झनै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा होटलका कर्मचारी पुजा लामालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरियो भने केक काटेर कर्मचारीको जन्मदिवस पनि मनाईएको थियो । धर्मराज अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममाकर्मचारीहरुले साँस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *