पोखरा महानगर, मणिपाल र चरक हस्पिटल बिच निःशुल्क आँखा जाँच्ने समझदारी

0Shares

पोखरा महानगरपालिका र मणिपाल शिक्षण अस्पताल फूलबारी तथा चरक मेमोरियल हस्पिटल नागढुंगा बिच निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको छ । महानगरका प्रमुख धनराज आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल बिच सो समझदारी भएको हो ।

पोखरामा पनि आँखा पाक्ने रोगको सङ्क्रमण बढेकाले यसलाई रोक्न निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको प्रमुख आचार्यले बताउनुभयो । उहाँहरूका अनुसार श्रावण २४ गते बुधवारदेखि मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधी समेत वितरण गरिने छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *