प्रचण्डकै फोटोको दुरुपयोग

0Shares

एक व्यक्तिले प्रधानमन्त्री पुष्पकमल दाहालक फोटोको दुरुपयोग गरेका छन् । ति व्यक्तिले प्रधानमन्त्रीको फोटोको दुरुपयोग गर्दै भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाएका थिए । प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘एडिट’ गरी सामाजिक सञ्जालमा राख्ने रुपन्देही देवदह नगरपालिका घर भइ बुटवल बस्ने ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले कानूनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्द प्रयोग गरी प्रकाशन तथा प्रदर्शन गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ रानालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरिएको प्रवक्ता रायले बताउनुभयो । पक्राउ रानालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *