फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला सर्वसम्मत

0Shares

फुलबारी क्लवको अध्यक्षमा जर्नादन बाँस्तोला सर्वसम्मत चयन भएका छन् । क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भएका छन्। सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता पौडेल आचार्य रहेका छन्  । कार्यक्रममा निवर्तमान सचिव युवराज बास्तोलाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सावित्रीकुमारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष जनार्दन बास्तोलाले आफ्नो कार्यकालको पहिलो प्राथमिकता मणिपाल अस्पतालसँगको सहुलियत कार्ड सेवा पुनः सञ्चालन गर्ने रहेको बताए । उनका अनुसार, मणिपाल अस्पताल स्थापना हुँदाका बेला फुलबारी क्षेत्रका केही घरधुरीलाई दिइएको सहुलियत कार्ड हाल रद्द भएको छ, त्यसलाई पुनः निरन्तरता दिन आवश्यक छ। उनले समुदायमै उपलब्ध स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न क्लबको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि  वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्मचार्यले फुलबारी क्लबले स्थानीय विकास, सामाजिक समावेशीता र सामुदायिक सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले नयाँ कार्यसमिति अझ प्रतिबद्ध र सक्रिय रहने विश्वास व्यक्त गरे।

निवर्तमान अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा गार्डेन क्लब फुलबारीका अध्यक्ष विनोद गुरु, जनप्रतिनिधि सुसिल बास्तोला, पूर्व क्लब अध्यक्ष तथा पूर्व वडा अध्यक्ष मोहन प्रसाद बास्तोला, पूर्व अध्यक्ष माधव (मधु) प्रसाद बास्तोला, र क्लब सल्लाहकार सञ्जय किशोर बास्तोला लगायतले मन्तव्य राखेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *