बाजुरामा पहिरोका कारण २७ घरपरिवार विस्थापित

0Shares

बाजुरामा पहिरोका कारण २७ घरपरिवार विस्थापित भएका छन्। बिहीबार देखिको लगातार वर्षाका कारण २७ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।कार्यालयका डिएसपी कविन्द्र बोहराका अनुसार बाजुरामा दुई वटा घर पहिरोले बगाएको छ। २५ घर र एउटा स्वास्थ्य चौकीको भवन चर्किएको छ। शुक्रबार बिहान साढे ८ बजे हिमाली गाउँपालिका–३ यूनामा पहिरो जाँदा दीपलाल बुढाको ढुंगा र माटोले बनेको दुई तले कच्ची घर पहिरोले बगाएको थियो। घर कवाडी खोलामा पु¥याएको छ।

पहिरोले बगाएपछि घरभित्रका केही सामान फेला परेको छैन। सोही ठाउँका अन्य १३ वटा घरमा पनि पहिरोले क्षति पु¥याएको छ। त्यही ठाउँमा रहेको एउटा आधारभूत स्वास्थ्य चौकी पनि जोखिममा छ। ‘घरभित्रबाट पानीको मुल फुटेर भित्ता चर्किएका छन्, जसकारण १३ घरपरिवार घर छोडेर अन्यन्त्र गएका छन्,’ डिएसपी बोहराले भने।

यस्तै गौमूल गाउँपालिका–३ बेहडीमा चिनबहादुर रोकायाको दुई तले कच्ची घर पहिरोले बगाएको छ। उनको घर पुर्णरूपमा भत्किएको छ। त्यही ठाउँका अन्य १२ घर पनि जोखिममा छन्। घरमाथि पहिरो र तल खोलाका कारण जोखिम भएको हो। जोखिममा भएपछि स्थानीयहरू घर छाडेर अन्यन्त्र सरेका छन्।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *