गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २(१) बाट ने क पा ( एमाले ) को तर्फबाट निर्बाचित प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बिमा प्रभाबकारी बनाउन गण्डकी प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराएका छ्न ।बुधबार गण्डकी प्रदेश सभाको शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गर्दै साम्सद कार्कीले बिमा कम्पनी र सरकारको लापरबाहीका कारण बिमाकर्ता र सेवाग्राहीहरूमाथी अन्याय भएको भन्दै सो ध्यानाकर्षण गराएका हुन।
कार्कीले जीवन बिमा, स्वास्थ्य बिमा र दुर्घटना बिमामा बिमित रकम भन्दा कम रकम दिने गुनासो आएको भन्दै सो गुनासोको सम्बोधन गर्न आग्रह गरे ।उनले सरकारले समेत बिमा संस्थान सहित बिमा कम्पनीहरूलाइ दिनु पर्ने रकम समयमा नतिरेका कारण सेवाग्राहीले समयमा औषधि प्राप्त गर्न कठिनाइ भएको र उपचारमा समेत कठिनाइ देखिएको उल्लेख गर्दै सो को सम्बोधन गर्न प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराउदछु भनेका छन्।
