भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान गर्ने

0Shares

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । भदौ २३ गते पारोबाट पोखरामा चार्टर्ड उडान गर्न अनुमति पाएको हो । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत गर्ने बताइएको छ । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो न्यारोबडी जहाज पोखराबाट पारो नै उड्नेछ ।

खरामा ड्रुक एयर आउनु पोखरेलीका लागि खुसिको खबर हो । अंग्रेजी नयाँ वर्षको १ जनवरी २०२३ का दिन उद्घघाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक रुपमा हालसम्म एउटा मात्रै चार्टर्ड उडान भएको छ । पोखरामा भएको ड्रागन फेष्टिबलका अवसरमा चीनबाट उक्त बिमान पोखरा आएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *