भोलीदेखि फेरी वर्षातको सम्भावना

0Shares

अहिले देशभर नै सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा सामान्य वर्षा भए पनि अन्यत्र भने सफा नै रहेको महाशाको बुलेटिनमा उल्लेख छ। बुधबार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। साथै बाँकी प्रदेशका पनि एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षा हुने जनाइएको छ।

भोलि कोशी, बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। भोलि राती कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्का सामान्य वर्षा हुने र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ। बिहीबार पनि सबै प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने र कोशी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षा हुने जनाइएको छ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *