मदन भण्डारी फाउन्डेसन कास्कीले शुक्रवार गरिव तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई पोशाक र विभिन्न शैक्षिक सामाग्री बितरण गरेको छ । दियालो फाउन्डेसन संगको सहकार्यमा बिद्यालय पोशाक , कपि, झोला सहितका सामाग्री सो फाउन्डेसनका अध्यक्ष माधब वास्तोलाले बितरण गरेका थिए ।
कास्कीका विभिन्न विद्यालयका ८५ जना विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तगत आज १५ जनालाई बितरण गरिएको र अन्यलाई केहि दिनमा बितरण गरिने कुरा यो अभियानका संयोजक रमेश भण्डारीले बताए ।अभिभावकहरुले कपि, कलम, लगाउने कपडा, झोला नभएर स्कुल जान नमान्ने बालवालिकाहरुलाई प्रोत्साहन भएको बताउदै धन्यवाद दिएका थिए।
कार्यक्रममा युवा नेताहरु सुर्य भण्डारी, शेखर गौतम र रेडक्रस कास्कीका सदस्य खगेन्द्र पराजुलीको उपस्थिति रहेको थियो ।
कार्यक्रम रमेश भण्डारीले संचालन गरेका थिए ।
