मनाङको तिमान खोलामा बाढी : सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

0Shares

मंगलबार परेको भारी वर्षाले मनाङको तिमान खोलामा बाढी आउँदा एउटा काठेपुल बगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले मंगलबार राति करिब ८ बजे पुल बगाएको हो । पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिए । खोलाको बहाव नघट्दासम्म बाटो खुल्नेबारे भन्न नसकिने लामिछानेको भनाइ छ ।

पुल भत्किँदा लमजुङसँग मात्र नभई माथिल्लो मनाङको ३ वटा स्थानीय तहसँग सडक सम्पर्क पनि टुटेको प्नशासनको भनाइ छ । त्यस्तै तिमाङकै तल्लो क्षेत्रमा पर्ने तिमाङ झरनाले पनि एउटा पक्की पुलमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ । पक्की पुलमा भएको क्षतिबारे एकीन तथ्यांक भने नआइसकेको सीडीओ लामिछानले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *