रेडियो बाराहीमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको स्थलगत अवलोकन

0Shares

देबिका तामाङ / पोखरा, असार १० गते

काठमाडौँको जडीबुटी–३२ मा रहेको कोटेश्वर बहुमुखी क्याम्पसका बि.ए दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुद्धारा सोमबार पोखरामा रहेको रेडियो बाराही ९९.२ मेगाहर्जको स्थलगत अवलोकन गरेका छन् । सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्याम्पसले तिन दिने अवलोकन भ्रमण अन्तर्गत दोस्रो दिन रेडियो बाराही अवलोकनका लागि आएको कोटेश्वर बहुमुखी क्याम्पसका विभागीय प्रमुख मनोज अधिकारीले बताउनुभयो ।

विद्यार्थीहरुलाई मिडियाको वास्तविक स्वरुपकारे बिषयमा स्थलगत रुपबाटै अवलोकन गराउँदा झन् प्रभावकारी हुने क्याम्पसका प्राध्यापक गोकुल पोख्रेलले बताउनुभयो । रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियो आफैमा एउटा सुचनाको संवाहक रहेको हुँदा अहिलेको समयमा रेडियो आधुनिकता तिर ढल्किदै गई केही परिस्कृत भएको बताउनुभयो । उहाँले पोखरा पर्यटकीय राजधानी रहेको हुँदा यहाँ आउने पर्यटक, पर्यटन स्थल, होटल, बिकासका पूर्वाधारमा पोख्रेलीहरुको मेहेनत बढी नै रहेको बताउनुभयो ।

पोखराले सकरात्मक पत्रकारितालाई बढी जोड दिने गरेको उहाँको भनाई थियो । कार्यकारी निर्देशक पौडेलले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरेमात्र क्याम्पसका ज्ञानले सार्थकता पाउने समेत बताउनुहुदै पोखरामा रहेका पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजन जस्ता संचारका माध्यमका बारेमा आफ्ना अनुभवहरु सँगै कार्यशैलीबारे विद्यार्थी समक्ष भनाई राख्नुभएको थियो ।

उहाँले रेडियोको स्थापनासँगै उपयोगीता र प्रभावकारितामा बारे समेत जानकारी दिनुभएको थियो । सो अवलोकनमा आएका विद्यार्थीहरुले रेडियो, पत्रकारिता लगायत बिषयसँग सम्बन्धित आ–आफ्ना जिज्ञासा पनि राखेका थिए । अवलोकनमा क्याम्पसका प्राध्यापक पदमराज जोशी र लेखनाथ घिमिरे सहित बि.ए दोस्रो बर्षका करिब ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *