रौतहटको दाहा मेलामा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते

0Shares

मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । रौतहटको राजपुर नगरपालिकामा मुस्लिम समुदायले मेलामा झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।

मेला मनाउनेहरु घरेलु हतियार (लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए । दाहा नचाउने र झन्डा गाड्ने क्रममा उच्छृङ्खल गतिविधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ । ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *