वडा १५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0Shares

नेपालमा अधिकांस महिलाहरुले पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने समस्या खेपिरहेका छन् । गाउँका हुन् वा सहरका, सबै ठाउँका महिलाहरुको साझा समस्य बनेको छ यो रोग । यस्तोमा पोखरा महानगरपालिका वडा नम्बर १५ ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो रोग नेपाली महिलाहरुले भोग्न परेको सबैभन्दा ठूलो समस्या भएको औल्याउनुभयो ।

वडाध्यक्ष तोरण बानियाँले नागरिकको स्वास्थ्यलाईनै सबैभन्दा ठूलो धन मानेर वडाले विभिन्न बखत स्वास्थ्य सम्बन्धि गतिविधी सञ्चालन गर्दै आएको जनाउनुभयो । कार्यक्रमको सहयोगी संस्था राइट फर चिल्ड्रेनका कार्यकारी अधिकृत अनिल पौडेलले स्वास्थ्य क्षेत्रमा आफ्नों संस्थाले गरेका गतिविधी बारे प्रकास पार्दै मानव हितका लागि आयोजना हुने यस्तो कार्यक्रममा सहयोग गर्न पाउँदा खुसि लागेको बताउनुभयो ।

शहरी स्वास्थ्य केन्द्र वडा १५ को सहकार्यमा भएको कार्यक्रममा वडाका झण्डै २ सय महिलाले स्वास्थ्यलाभ लिए । कार्यक्रममा गण्डकी मेडिकल कलेजका डा.सबिन श्रेष्ठ, हरियो खर्कका डा.सुमन तामाङ, स्वास्थ्य महाशाखाका नर्सिङ अधिकृत सबिना श्रेष्ठ लगायतले स्वास्थ्य जाँच गर्नुभएको थियो । स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण बाँस्तोलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा वडा सदस्यहरु मन्दिरा परियार, सेतीमाया गुरुङ, बलराम पौडेल, आशिष भण्डारी लगायतले सहयोग गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *